राप्रपाले भृकुटीमण्डपमा आमसभा गर्न नपाउने, सिफलचौर वा बल्खु कहाँ गर्ने ?

राप्रपाले भृकुटीमण्डपमा आमसभा गर्न नपाउने, सिफलचौर वा बल्खु कहाँ गर्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गते काठमाण्डुको भृकुटीमण्डपमा आमसभा गर्न नपाउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डुले राप्रपा बागमती प्रदेश समितिलाई पत्राचार गर्दै अन्य आन्दोलन र प्रदर्शनका कारण भृकुटीमण्डपमा आमसभा नगर्न भनेको छ ।

राप्रपाले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आमसभाको तयारी गरिरहेका बेला प्रशासनले भृकुटीमण्डपमा आमसभा आयोजना गर्न उपयुक्त नभएको ठहर गरेको छ ।

प्रशासनले राप्रपालाई आमसभाका लागि सिफलचौर वा बल्खु क्षेत्रमा गर्न भनेको छ । यी दुवै स्थानमध्ये रोजेर राप्रपाले आमसभा गर्न पाउनेछ ।

भृकुटीमण्डप क्षेत्रमा शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रम लगायत पूर्वनिर्धारित कार्यक्रमहरू रहेकाले राप्रपालाई सिफलचौर वा बल्खु क्षेत्रमा कार्यक्रम गर्न प्रशासनले पत्रमार्फत भनेको छ ।

पत्रमा उल्लेख छ, ‘उक्त स्थानमा कार्यक्रम आयोजना गर्न अन्य आन्दोलनका कार्यक्रमहरू (शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रम लगायत पूर्वनिर्धारित कार्यक्रमहरू) पनि भइरहेको हुँदा सुरक्षा संवेदनशीलताका हिसाबले माग भएको स्थानमा हाललाई कार्यक्रम आयोजना गर्न उपयुक्त नभएको हुँदा जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफलचौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ ।’