काठमाडौं – गृह मन्त्रालयद्वारा ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी फेरबदल गरिएको छ । आवश्यकता अनुसार केही जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरिएको गृह मन्त्रालयले जनाएको छ ।
शुक्रवार साँझ मन्त्रालयले मन्त्रालयमा कार्यरत प्रेमलाल लामिछानेलाई अर्घाखाँची र रुद्रनाथ देवकोटालाई मनाङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।
यसैगरि गोरखामा कार्यरत नारायण भट्टराईलाई पर्सा र पर्साका सिडीओ लोकनाथ पौडेललाई रौतहट सरुवा गरिएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल दाङ सरुवा भएका छन् । दाङका प्रजिअ गजेन्द्र बहादुर श्रेष्ठ भने गोरखा सरुवा भएका छन् उप–सचिव प्रमुख जिल्ला अधिकारी हुने जिल्लाहरु अर्घाखाँची र मनाङका प्रमुख जिल्ला अधिकारी पनि परिवर्तन भएका छन् ।
प्रतिक्रिया