भारतलाई किन चाहियो चिफ अफ डिफेन्स स्टाफ ?

भारतलाई किन चाहियो चिफ अफ डिफेन्स स्टाफ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयां दिल्ली– अवकासप्राप्त भारतीय सेना प्रमुख जनरल बिपिन रावतलाई भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) को रुपमा नियुक्त गरिएको छ ।  १९६२ मा चीनसंगको युद्धमा सीडीएसको अभाव खड्किएका थियो । उक्त समयमा चिनियाँ सेनामाथि एयर फोर्स सहित समन्वयात्मक आक्रमण गरिएको भए युद्धको नतिजामा परिवर्तन आउन सक्ने विश्लेषण भारतिय निती निर्माताहरुको छ । सीमित खालको आक्रामक अपरेसन जस्तै श्रीलंकामा १९८७ देखि १९८९ सम्म फोर्स कमाण्डर (ओएफसी) को मातहतमा नेभी र एयर फोर्सको कमाण्डरहरुलाई सम्पर्क अधिकारी भन्दा बढीको रुपमा हेर्न सकिएको थिएन ।

तर १९९९ को कारगिल युद्धपछिको समयमा सीडीएको अत्यन्त आवश्यकता महसुश गरिएको थियो । उक्त समयमा सीसीएसले सेनाको हवाई सहयोगको अनुरोधलाई अस्वीकार गरेको थियो । यसले गर्दा हवाई आक्रमण केही साताका लागि ढिलो भएको थियो । यसको तुलनामा १९४७–४८ मा पाकिस्तानसंग खराव सम्बन्ध भएको र १९७१ को भारत–पाक युद्धमा सफल समन्वय भएको थियो । यी दुवैले संयुक्त समन्वयात्मक कार्यका कारण फाइदा पुगेको भारतको बुझाई छ ।

सीडीएसको भूमिका
चीफ अफ डिफेन्स स्टाफलाई अधिकारीहरुले सेवामा रहेका प्रमुखमध्ये पहिलो मान्ने गरेका छन् । सीडीएसले हतियार खदिरको प्रक्रियालाई छोट्याउछ र भारतीय थल सेना, एयर फोर्स र नेभीको अपरेसनलाई एकिकृत अवस्थामा ल्याउंछ । सरकारलाई सैन्य सल्लाहकारको रुपमा काम गर्नुभन्दा पनि सीडीएसले सैन्य मामिला विभागको प्रमुखको रुपमा पनि काम गर्छ । सीडीएसलाई आर्मी सेवा प्रमुख, नेभी र एयर फोर्सलाई निर्देशन दिने अधिकार राख्छ र आवश्यकता परेको अवस्थामा कमाण्डको थियटर सिर्जना गर्ने अधिकार सम्म राख्छ ।

पहिलो सीडीएस जनरल रावतको विवादित बयान
जनरल बिपिन रावतले १ जनवरी २०२० देखि चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) को पदभार सम्हालेका छन् । उनी अब जल,थल तथा वायु तीनै सेनाबीच समन्वयको काम गर्नेछन् । यद्यपि उनको यो नियुक्तीप्रति कैयौ राजनीतिक पार्टी आक्रोशित देखिएका छन् । पूवै थल सेना प्रमुख जनरल रावतले धेरै राजनीतिक बयान दिएका छन् । कांग्रेस नेता मनिष तिवारीले उनलाई सीडीएस बनाएकोमा गलत फैसला भएको बताएका छन् । कम्युनिस्ट पार्टीका नेता डी राजाले हालको सरकारले उनलाई पुरस्कृत गरेको बताएका छन् । यद्यपि जनरल रावतले देशको सैन्य बलले राजनीति भन्दा पर रहेर तथा सत्तारुढ सरकारको निर्देशनमा काम गर्ने बताइसकेका छन् ।

उनले भने ‘म तपाईलाई विश्वास दिलाउछु कि थल सेना, नौसेना तथा वायुसेना सबैले एक टीमको रुपमा काम गर्नेछन् । उनीहरुमाथि सीडीएसको नियन्त्रण हुनेछ । तर,कुनै पनि कारवाही टीमवर्कको साथमा हुनेछ ।’उनले तीन १ को संयोग ३ होइनकी ५ वा ६ हुनु आवश्यक भएको बताए ।

एजेन्सीको सहयोगमा