सेलपेको सुपर तिहार सेल अफर

सेलपेको सुपर तिहार सेल अफर


 काठमाण्डु  – नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुको लागि यस चाडपर्व कोे उपलक्ष्यमा आकर्षक अफर लिएर आएको छ ।

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपे कार्ट बाट सामान खरिद गरेमा ५ प्रतिशत (२५ ००) सम्मको क्यासब्याक पाउनेछन । यो योजना यही कार्तिक १५गतेदेखि कार्तिक २० गतेसम्म लागु हुने छ ।

 यस्ता छन् सर्तहरु
– ५ प्रतिशत ९२५००० सम्मको क्यासब्याक पाउनका लागि चेकआउट गर्दा कुपनकोड (तिहार) राखी चेकआउट गर्नु पर्ने छ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।

सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।
– बास्तविक समयमा भुक्तानी
– सरल र सुरक्षित
– बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५ लाख सम्मको मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्रगरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी बीटुबी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ ।

साथै ग्राहकहरुले सेल पे कार्ट सेवामार्फत सजिलै घरमै बसीबसी बिभिन्न सामानहरु खरिद गर्न सक्नुहुनेछ । यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोडबाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवालिन सक्नेछन् । साथै ग्राहकहरुले सेलपेबाट फण्ड ट्रान्सफर गर्दा कुनै पनिशुल्क लाग्ने छैन ।