काठमाण्डु – नेपालको नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले जाडोलाई लक्षित गरेर ‘जाडो हरायो जब सि.जी.घरमा आयोे’ क्याम्पेन अन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरणहरू बजारमा ल्याएको छ ।
जाडोमा जीवन सहज बनाउने सिजीका यी घरेलु उपकरणहरू उचित मूल्यमा बजारमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । आफ्ना सुरुवाती दिनहरूदेखि नै सिजि ब्राण्डले नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कुरा सर्व बिदितै छ । प्रविधिको क्षेत्रमा नवीनता र आयम भित्र्याउँदै सिजि ब्राण्ड आज हरेक नेपालीको मनमा बस्न सफल भएको छ ।
प्रविधि र नवीनतमा बिशेष चासो राख्ने सिजि ब्राण्डको उत्कृष्ट प्रविधिबाट सुसजित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय रहेको कम्पनीले जनाएको छ । जाडोलाई बिशेष लक्षित गरी सुरु गरिएको यस क्याम्पेन अन्तर्गत हिटर, सिजीको गिजर, इलेक्ट्रिक ओभन, इलेक्ट्रिक कित्ली, हट पट, पानी बोतल,डिस्पेन्सर, रुम हिटर जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू रहेका कम्पनीले जनाएको छ ।
त्यसैगरी, उल्लेखित उत्पादनहरू उपयोगी मात्र नभइ अत्यन्तै टिकाउ र अन्ताराष्ट्रिय गुणस्तरको रहेका समेत कम्पनीले दाबी गरेको छ ।
प्रतिक्रिया