सिजीको दशैं,तिहार तथा छठपर्व योजना,“यसपालीको चाडमा सिजी लाग्यो घरघरमा”

सिजीको दशैं,तिहार तथा छठपर्व योजना,“यसपालीको चाडमा सिजी लाग्यो घरघरमा”


काठमाडौं – नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले यसपालीको चाडपर्व दशैं, तिहार तथा छठलाई लक्षित गर्दै आफ्नो “यसपालीको चाडमा, सिजी लाग्यो घरघरमा” नामक नयाँ उपहार योजना ल्याएको छ ।

यस उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सिजी ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, ३६% सम्मको आकर्षक बचत (क्यासब्याक) तथा अन्य विभिन्न पक्का उपहारहरु प्राप्त गर्नेछन् ।

हरेक हप्ता सिजीकै रेफ्रिजरेटर तथा सिजीकै टेलिभिजन जित्नुका साथै बम्पर उपहारमा एक जोडीलाई थाईल्याण्ड घुम्ने अवसर पनि रहेको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले सिजी ब्राण्डका टेलिभिजनहरुको खरिदमा ३ वर्ष सम्मको वारेन्टी, ३६% सम्मको बचत, तथा सिजी ५.१ स्पिकर लगायत सिजी २.१ स्पिकर प्राप्त गर्नेछन् ।

सिजी ब्राण्डका रेफ्रिजरेटरहरुको खरिदमा ६० महिनाको वारेन्टी, २१% सम्मको बचत लगायत इन्टेक्स् फिटरिस्ट् वाच प्राप्त गर्न सक्नेछन् । सिजी ब्राण्डका वाशिङ्ग मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, इन्टेक्स् फिटरिस्ट् वाच लगायत ५ किलोग्राम एरियल डिटरजेन्ट पाउडर प्राप्त गर्नेछन् ।

यसैगरि सिजी ब्राण्डका अन्य थुप्रै इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा पनि यस्तै आकर्षक पक्का उपहारहरु रहेको छ । यो आकर्षक योजना कम्पनीले असोज १० गतेबाट देशभरमा सिमित अवधिका लागि मात्र लागु गरेको छ ।