कुमारी बैंक र सीजी मोटर कोर्पबीच सम्झौता

कुमारी बैंक र सीजी मोटर कोर्पबीच सम्झौता


काठमाण्डु – कुमारी बैंक र सीजी मोटर कोर्पबीच सम्झौताभएको छ । कुमारी बैंक लिमिटेड र सी जीमोटर कोर्पकाबीच ग्राहकहरूलाई सुजुकी ब्रान्डका सवारी साधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको हो ।

सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको रसोहीअनुरूप आफ्नाग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा सुजुकी ब्रान्डका सवारी साधनहरु खरिदका लागि कर्जा उपलब्ध गराउने भएको छ ।

यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालको कुनै पनि सुजुकी काडिलरहरुबाट सवारी साधन खरिद गर्दा कुमारी बैंक लिमिटेडबाट सजिलै बिजक मूल्यको ७० प्तिशत सम्मकर्जा प्राप्तगर्न सक्नेछन् साथै सो कर्जा ८ वर्ष अवधीसम्मका लागि लिन मिल्ने प्रावधान गरिएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।