गृहमन्त्रीले किन बोलाए चारवटै सुरक्षा प्रमुखको आकस्मिक बैठक ?

गृहमन्त्रीले किन बोलाए चारवटै सुरक्षा प्रमुखको आकस्मिक बैठक ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले चारवटै सुरक्षा निकायका प्रमुखको बैठक बोलाएका छन् । आइतबार दिउँसो गृह मन्त्रालयमा मन्त्री थापाले र चिनियाँ राजदूत हाउ यान्छीसँग भेटवार्ता गरेलगत्तै उनले चारवटै सुरक्षा निकायका प्रमुखहरुको बैठक बोलाएका हुन् ।

असोजको अन्तिम साता हुने चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमण सुरक्षाको विषलाई लिएर उनले राजदूत यान्छीसँग भेटवार्ता गरेका थिए । भेटलगत्तै गृहमन्त्री थापाले सुरक्षा निकायसँग छलफल गर्न लागेका हुन् । अहिले बैठक गृहमन्त्रीलयमा जारी छ ।

बैठकमा गृहमन्त्री थापा, गृहसचिव प्रेमकुामर राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी तथा सेनाका उच्च अधिकारी सहभागी रहेको बताइएको छ । बैठक राष्ट्रपति सी को नेपाल भ्रमणको सुरक्षामा केन्द्रित हुने गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।