तरकारीको सिण्डिकेट समाप्त पार्ने कृषि मन्त्री खनालकाे उद्घाेष

तरकारीको सिण्डिकेट समाप्त पार्ने कृषि मन्त्री खनालकाे उद्घाेष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले तरकारीको सिण्डिकेट समाप्त पार्ने उद्घोष गरेका छन्।

मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री खनालले दलालहरुले कृषकको बारिबाटै सुरु गर्ने तरकारीको सिण्डिकेट तोडेरै छाड्ने बताएका हुन्।

तरकारीमा देखिएको सिण्डिकेट अन्त्य गर्न कृषि खेती नगरी काठमाडौंको कालिमाटी तरकारी बजार कब्जामा लिनेलाई हटाइने उनले चेतावनी दिए। अबदेखि जसले तरकारी उत्पादन गर्छ उसैलाई कालिमाटी तरकारी बजारमा बिक्रिका लागि स्टल उपलब्ध गराउने योजना मन्त्रालयले ल्याउन लागेको पनि मन्त्री खनालले जानकारी दिए।

‘खेतबाट सिधै बिक्री केन्द्रसम्म किसानले उत्पादन गरेको तरकारी ल्याउन सरकारले सहुलियत अनुदानमा कृषकलाई गाडी उपलब्ध गराउँछ,’ उनले भने, ‘केही समय लाग्ला तर तरकारीको सिण्डिकेट तोड्नैपर्छ ।’

कृषकलाई ध्यानमा राखेर ‘किसान पेन्सन’ लगायत केही नयाँ कार्यक्रमहरु ल्याउन लागेको पनि उनले बताए,
‘किसान पेन्सन दिनुपर्छ, अनुदान पनि दिनुपर्छ, सिधै किसानको खातामा पैसा जानेगरि पेन्सन पठाउने व्यवस्था हुन्छ,’ उनले भने।