डन चक्रे मिलनलाई विशेष अदालतको ‘क्लिन चिट’

डन चक्रे मिलनलाई विशेष अदालतको ‘क्लिन चिट’


काठमाडौं– विशेष अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा चक्रे मिलनलाई सफाइ (क्लिन चिट) दिएको छ।

 

 

बुधबार न्यायाधीशहरु रत्नबहादुर बागचन्द चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो।

 

डनको रुपमा चिनिने चक्रेले अवैध रुपमा ७ करोड ८ लाख रुपैयाँ कमाएको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनीविरूद्ध २०७० जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

 

विभागले जेल सजाय, जरिवाना र बिगो जफतको मागसहित चक्रेमाथि अदालतमा मुद्दा चलाएको थियो।

 

सम्पत्ति शुद्धिकरणमा मुछिएका डन दीपक मनांगेले यसअघि नै सफाइ पाएका थिए।