च्याम्पियन्स ट्रफीको फाइनल आज, उपाधिका लागि भारत र न्युजिल्याण्ड भिड्दै

च्याम्पियन्स ट्रफीको फाइनल आज, उपाधिका लागि भारत र न्युजिल्याण्ड भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आइतबार भारत र न्युजिल्याण्डबीच हुँदै छ। दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार दिउँसो २.४५ बजेदेखि सुरु हुनेछ ।

सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई र न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै दुई टोली फाइनलमा प्रवेश गरेका थिए।

च्याम्पियन्स ट्रफीमा भारत र न्युजिल्याण्ड समूह ए मा थिए। भारतले समूह चरणको अन्तिम खेलमा न्युजिल्याण्डलाई पराजित गरेको थियो र अब आठ दिनको अन्तरालपछि दुवै टोली फेरि एकपटक आमनेसामने हुने छन्।

आईसीसी प्रतियोगितामा यी दुई टोलीबीच १२ पटक भेट भएकोमा भारत र न्युजिल्यान्डले ६/६ खेल जितेका छन् । आईसीसी नकआउट प्रतिस्पर्धामा यी दुई टोलीबीच अहिलेसम्म ४ पटक भेट भएकोमा न्युजिल्यान्डले ३ खेल जितेको छ ।

न्युजिल्यान्डले सन् २००० को च्याम्पियन्स ट्रफी फाइनल, सन् २०१९ को विश्वकप सेमिफाइनल र सन् २०२१ को विश्व टेस्ट च्याम्पियन्स ट्रफी फाइनलमा भारतलाई हराएको छ । भारतले सन् २०२३ को विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबीच १ सय १९ पटक भेट भएकोमा भारतले ६१ र न्युजिल्यान्डले ५० खेल जितेको छ । यस्तै १ खेल बराबरीमा सकिँदा ७ खेल नतिजाविहीन छ ।

भारतले सन् २०१३ मा पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।

दुवै टोलीको सम्भावित प्लेइङ-११

भारत : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, हार्दिक पाण्ड्या, अक्षर पटेल, रवीन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद शमी र वरुण चक्रवर्ती।

न्युजिल्याण्ड : मिचेल स्यान्टनर (कप्तान), विल योङ, रचिन रविन्द्र, केन विलियमसन, डेरिल मिचेल, टम लाथम ९विकेटकिपर०, ग्लेन फिलिप्स, माइकल ब्रेसवेल, म्याट हेनरी, काइल जेमिसन र विलियम ओुरोर्क।