काठमाण्डु – राजावादीको आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीको सत्य तथ्य छानबिन र दोषीलाई कारबाही गर्न छानबिन समिति बनाउने निर्णय गरेको छ ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही गर्न छानबिन समिति बनाउने निर्णय गरेको हो।
शुक्रबार भएको राजावादीको आन्दोलनका क्रममा दुई व्यक्तिको ज्यान जानुका सार्थै निजी तथा सार्वजनिक सम्पतिमा तोडफोड र लुटपाट भएको थियो।राजावादी समूहले शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरु भएको झडपले उग्र रुप लिएको थियो।
प्रतिक्रिया