रोजगारी सृजना र उत्पादनशिल क्षेत्रमा लगानी कोषको उपयोग गर्न सकिएन : अध्यक्ष ढकाल

रोजगारी सृजना र उत्पादनशिल क्षेत्रमा लगानी कोषको उपयोग गर्न सकिएन : अध्यक्ष ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउने कुराहरुमा कोषहरुको उपयोग हुन नसकेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नागरिक लगानी कोषको ३५औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउन आम जनतालाई सन्देश दिन खाँचो रहेको भन्दै कोषहरुको उपयोग गर्न नसकिएको बताए ।

उनले भने,‘रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउने कुराहरु आम जनतालाई सन्देश दिनुपर्ने त्यतिकै खाँचो छ । तर हामीसँग भएको कोषहरुको उपयोग गर्न सकिएको छैन् ।’

साथै उनले कोषहरुलाई विकास निर्माण, उत्पादनशिल क्षेत्र र रोजगारी सृजना गर्ने क्षेत्रमा जाने हिसाबले अगाडि जान आग्रह गरे ।