टोकियो – जापानका एक अर्बपतिले चन्द्रमामा लैजाने एक प्रेमिकाको विज्ञापन अचानक रोकेका छन् । युसाकु मेइजावाले अनलाईन विज्ञापन लन्च गरेर स्पेसएक्स रकेटबाट चन्द्रमाको उडानमा जानका लागि एक गर्लफ्रेन्ड खोजेका थिए ।
युसाकुले हालैमात्र एक जापानी अभिनेत्रीसँग आफ्नो ब्रेक–अपको घोषणापछि विज्ञापन दिएका थिए । आवेदन गर्नका लागि २०२० को जनवरी १७ सम्मको सीमा दिइएको थियो । यो विज्ञापन हेरेर २७ हजार ७२२ महिलाले आवेदन दिएका थिए ।
तर उनले अचानक बिहीबार निजी कारणको हवाला दिँदै यो विज्ञापन रोकेको बताएका थिए । उनले ट्वीटमा यो कुराको जानकारी दिँदै लेखेका छन्, ‘व्यक्तिगत कारण मैले अबेमा टिभीलाई हिजो आफ्नो पैmसलाको बारेमा बताएको थिए कि आफ्नो म्याचमेकिङ डकुमेन्ट्रीमा भाग लिन चाहन्न भनेर । यसैले मैले शो रद्ध गर्ने अनुरोध गरेको हु ।’
उनले एक अर्को ट्वीटमा लेखेका छन्, ‘शोको कारणमा मेरो वास्ताविक तथा इमान्दार निश्चयका बावजुद यसमा मेरो भागीदारीलाई लिएर मेरो मनमा मिली–जुली भावना थियो ।’
यसको साथसाथै उनले हजारौं महिलाको सपना पनि चकनाचुर पारेका छन् । युसाकुले गरेको विज्ञापनमा भनिएको थियो कि जो महिलाले आवेदन गरेका छन्, यसै मध्येबाट छानिएकि महिलालाई युसाकु मार्चको अन्त्य सम्ममा डेट्समा जानेछन् ।
यसपछि उनले कुनै एकलाई छान्नेछन् र युसाकुसँग चन्द्रमाको यात्रामा जानेछन् । आवेदन गर्ने महिलाको उमेर २० वा यो भन्दा बढीको हुनु आवश्यक भएको विज्ञापनमा उल्लेख गरिएको थियो ।
यसका साथै विज्ञापनमा यो पनि भनिएको थियो कि महिला एकल हुनु अवाश्यक छ र पुरै किसिमबाट जिन्दगीको आनन्द लिन सक्ने किसिमको हुनुपर्छ ।
अर्बपति युसाकुको दुई महिलाबाट तीन बच्चा पनि छन् । उनी अनलाईन फेसन कम्पनीका प्रमुख हुन् । जसलाई उनले याहु जापानलाई गत वर्ष बिक्री गरेका थिए । उनी महँगा कलाकृतिको खरिदको पनि शोखिन हुन् ।
उनी एक निजी यात्रीको रुपमा उद्यमी एलन मस्कको स्पेस एक्स रकेटबाट २०२३ वा सो भन्दा पछि चन्द्रमाको यात्रामा जानेछन् ।
युसाकुले आफूसँग करिब १ दर्जन कलाकारलाई पनि यो यात्रामा लैजानेछन् । जसमा उनले चन्द्रमाको सतहमा नउत्रिकन यसको आसपासमा घुम्नेछन् ।
प्रतिक्रिया