छत्तीसगढमा चट्याङ लागेर ७ जनाको मृत्यु

छत्तीसगढमा चट्याङ लागेर ७ जनाको मृत्यु


एजेन्सी–भारतको छत्तीसगढमा चट्याङ लागेर ७ जनाको मृत्यु भएको छ

छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ पर्दा कैयाैं मानिस घाइते भएका छन् ।

छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले मोहत्रा गाउँमा चट्याङ लागेर ७ जनाको ज्यान गएको र कैयौँ घाइते भएका पुष्टि गरे ।

मुख्यमन्त्रीले बालोदबजार जिल्लाको मोहत्रा गाउँमा चट्याङ लागेर ७ गाउँलेको मृत्यु भएको र कैयौँ घाइते भएको दुःखद जानकारी प्राप्त भएको बताएका छन् । जिल्ला प्रशासनले घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याएको उनले सामाजीक सञ्रजालमा लेखेका छन् ।

प्रशासनलाई राम्रो उपचारको व्यवस्था गर्न निर्देशन दिइएको छ । मुख्यमन्त्रीले भनेका छन्, ‘मृतकका परिवारप्रति मेरो समवेदना छ । म दिवङ्गत आत्माको चीर शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’