चिकित्सा शिक्षा विधेयकको विरोधमा नेविसंघ र विवेकशीलको छुट्टाछुट्टै प्रदर्शन

चिकित्सा शिक्षा विधेयकको विरोधमा नेविसंघ र विवेकशीलको छुट्टाछुट्टै प्रदर्शन


काठमाडौं – चिकित्सा शिक्षा विधेयकमा अनशनरत डा गोविन्द केसीका सबै माग नसमेटिएको भन्दै काठमाडौंको माइतिघर मण्डलामा विवेकशील साझा पार्टी र नेपाल विद्यार्थी संघले आइतबार छुट्छुट्टै प्रदर्शन गरेका छन्।

सरकार र केसीबीच १५ औं अनसनमा भएको सम्झौताविपरित विधेयक पारित गरेको भन्दै साझा पार्टीले माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म प्रर्दशन गरेको हो।  यसैगरी, नेविसंघले पनि आज सरकार विरुद्ध विभिन्न स्थानमा प्रदर्शन गरेको छ।

बानेश्वरमा नेविसंघले प्रदर्शन गर्नेक्रममा सामान्य धकेलाधकेल भएको छ। यसअघि नेविसंघका कार्यकर्ताहरुले बिहान राजधानीको पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए। आफ्ना नेताका नाममा स्थापना भएका अस्पताललाई खारेज गर्न लागेको र चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा नेविसंघ आन्दोलनमा उत्रिएको हो।