सरकारसँग मिलेर बाढी पहिरो पीडितलाई चेम्बरले सहयोग गर्ने 

 सरकारसँग मिलेर बाढी पहिरो पीडितलाई चेम्बरले सहयोग गर्ने 


काठमाण्डु– नेपाल चेम्बर अफ कमर्सले सरकारसँग हातेमालो गरेर बाढी पहिरो पीडितलाई सहयोग गर्ने भएको छ । गत बिहीबार देखि परेको अविरल वर्षाका कारण काठमाडौँ लगायत मुलुकका अधिकांश स्थानमा जनधनको ठूलो क्षति भएको भन्दै चेम्बरले गहिरो दुःख व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ । 

चेम्बरद्धारा जारी विज्ञप्तिमा बजारमा औषधि, खाद्यान्न लगायत अत्यावश्यकीय बस्तुको अभाव हुन नदिन सजग रहेको बताएको छ । चेम्बरले खाद्यान्न लगायतका वस्तुहरूको नियमित आपूर्तिको सुनिश्चितता गर्दै मूल्यवृद्धि हुन नदिने तर्फ सबै व्यवसायीहरूको सहयोग रहने समेत बताएको छ ।

बाढी पहिरोबाट जनधनको ठूलो क्षति भएको भन्दै चेम्बरले राहत तथा उद्दार एवं सहयोगका लागि चेम्बरका जिल्ला, प्रदेश एवं नगर चेम्बरहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको छ ।

यस्तै विपत्तिका कारण हुन गएको आफ्नो व्यवसायको क्षतिपूर्ति दावी भुक्तानीका लागि बिमितहरूले बिमा कम्पनीहरु समक्ष बिमा रकम माग गरेमा यथाशीघ्र भुक्तानी दिलाउने व्यवस्था गर्न समेत चेम्बरले बिमा कम्पनीहरू समक्ष आग्रह गरेको छ ।