काठमाण्डु–भैरहवा कारागार, रुपन्देहीमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका जोशी अस्पताल भर्ना भएका हुन् ।
मंगलबार उनको स्वास्थ्यमा समस्या देखिएपछि युनिभर्सल कलेज अफ मेडिकल साइन्स, भैरहवा (युसीएमएस) भर्ना गरिएको हो ।
अहिले उनको स्वास्थ्य जाँच र उपचारको काम भइरहेको बताइएको कारागार प्रशासन स्रोतले जानकारी दियो । उनी पहिल्यैदेखि औषधि सेवन गर्दै आएका थिए। उनलाई कस्तो स्वास्थ्य समस्या हो भन्नेबारे केही खुलाइएको छैन ।
सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा जिल्ला अदालत रुपन्देहीले माघ २८ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। जोशी उक्त कारागारमा माघ २८ गतेदेखि छन्।
प्रतिक्रिया