सहकारी प्रकरणमा पूर्वडीआईजी जोशीको सरकारी वकिल कार्यालय कास्कीमा बयान सुरु

सहकारी प्रकरणमा पूर्वडीआईजी जोशीको सरकारी वकिल कार्यालय कास्कीमा बयान सुरु

अब यसरी अघि बढ्छ मुद्दा प्रक्रिया


काठमाण्डु – सहकारी रकम अपचलन मुद्दामा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीको बयान जिल्ला सहकारी वकिलको कार्यालय कास्कीमा बयान सुरु भएको छ । मंगलबार बिहान साढे १० बजे सरकारी वकिल कार्यालय पुर्‍याइएका जोशीको बयान सुरु भएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए।

‘उहाँको बयान सरकारी वकिलको कार्यालयमा सुरु भएको छ । कहिले सकिन्छ भन्न सकिँदैन,’ एसपी थापाले भने । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सोमबार जोशीलाई पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक सेयर होल्डर तथा सञ्चालकसमेत रहेका जोशीलाई आइतबार काठमाडौँबाट पक्राउ गरेर राति नै बुद्ध एयरमार्फत कास्की पु¥याइएको थियो ।

म्याद थपमा ‘सहकारी ठगी’ मुद्दा उल्लेख गरिएको र अनुसन्धानका क्रममा थप कसूरसमेत आकर्षित हुन सक्ने प्रहरीले जनाएको छ ।

एमाले सांसद सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले सूर्य दर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलाई कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो । त्यही सिफारिस अनुरुप गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनका आधारमा जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।

काठमाडौँ–१, नक्साल घर भएका ५९ वर्षीय जोशी विदेश जान लागेको गोप्य सूचना आधारमा तत्काल जरुरी पक्राउ पुर्जी जारी गर्दै नियन्त्रणमा लिइएको थियो ।

पोखरा–४, नालाकोमुखस्थित सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधानविपरीत हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैरकानुनीरूपमा गोर्खा मिडिया नेटवर्क प्रालि (ग्यालेक्सी फोर के टिभी) मा लगानी गरी सहकारी ऐनको परिभाषित ठगीसम्बन्धी कसूरमा जोशी संलग्न रहेको छानबिन समितिको प्रतिवेदनले देखाएको छ।

जोशीसँग जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीसहितले जोशीविरुद्ध बयान लिइरहेका छन् ।

सहायक जिल्ला न्यायाधिवक्ता तिवारीले सुरुमा म्याद थप हुँदा उल्लेखित मुद्दामा बयान लिने काम भइरहेको जानकारी दिए । त्यसपछि बयानका क्रममा अन्य तथ्य खुल्दै गए अरू मुद्दाहरू पनि आकर्षित हुन सक्ने उनले बताए ।

जोशीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसूरमा समेत अनुसन्धान अघि बढाउने तयारी प्रहरीको छ । जोशी कम्तीमा २५ दिन प्रहरी हिरासतमा बस्नेछन्।

न्न पाँच सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ लगिएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ। जोशी सञ्चालक हुँदा पोखराको सूर्य दर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट रकम लगिएको उल्लेख छ। गोर्खा मिडियामा सूर्य दर्शनको मात्रै पाँच करोड रुपैयाँ गएको प्रतिवेदनमा उल्लेख छ ।