काठमाण्डु– परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दीलिप पौडेलको राष्ट्रपति कार्यालयमा सरुवा भएको छ । सरकारले पौडेलको स्थानमा सहसचिव विष्णु गौतमलाई ल्याएको छ ।
परराष्ट्रमा चिफ अफ प्रोटोकल महत्वपूर्ण स्थान मानिन्छ भने, राष्ट्रपति कार्यालयमा पु¥याउनु थन्क्याएको रूपमा हेरिन्छ । पौडेल यसअघिका सचिव भरत पौडेलको रोजाइमा चिफ अफ प्रोटोकल वनेका थिए ।
त्यस्तै सामान्य प्रशासन महाशाखाका शरद आरणको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखामा सरुवा भएको छ । सामान्य प्रशासन महाशाखामा शुरेस अधिकारी आएका छन् ।
क्षेत्रीय संगठन हेर्ने जिम्मा सहसचिव ज्ञानबहादुर मगरले पाएका छन् ।
प्रतिक्रिया