-रोशन खड्का, काठमाडौं– भारतले नेपाली सेनाका अवकासप्राप्त सवै प्रधानसेनापतिलाई भारत भ्रमणमा बोलाएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार भारतिय सेनाको सेना दिवसको अवसर पारेर उनिहरुलाई चार दिने भारत भ्रमणमा बोलाइएको हो ।
प्रधानसेनापति एक साता लामो भारत भ्रमणका लागी शुक्रवार भारत जाने तयारीमा छन् । भारतिय सेनाको सेना दिवसमा सहभागी हुन नेपाली सेनाका पुर्व प्रधानसेनापतिहरु जनवरी १५ मा भारत जाने तयारीमा छन् ।
नेपाली सेनाका प्रधानसेनापतिहरु रुकमांगत कटुवाल,गौरवशमशेर राणा,प्याराजंग थापा र राजेन्द्र क्षत्री भारत जाने निश्चित भइसकेको छ । सेनाका सवै चिफहरुलाई सेना दिवसको निम्तो भएपनि पुर्व प्रधानसेनापतिहरु अर्जुननरसिंह राणा,धर्मपाल थापा,प्रज्वलशमशेर राणा र छत्रमान गुरु¨ भने भारत भ्रमणमा नजाने स्रोतको दाबी छ । उनिहरुमध्ये कोही स्वदेश वाहिर र केहीको स्वास्थ्य अवस्थाको कारण देखाइएको बताईन्छ ।
भारतिय सेनाले पहिलो पटक पुर्व प्रधानसेनापतिहरुलाई भारत भ्रमणमा बोलाएको हो । स्रोतकाअनुसार भारतिय सेनाले सैनिक सम्बन्ध सुधारका लागी पुर्व प्रधानसेनापतिहरुलाई सेना दिवसमा बोलाएको हो ।
सेनाका पुर्व प्रधानसेनापति राजेन्द्र क्ष्ँत्रीले भारतिय सेनाका सेनाअध्यक्ष विपिन रावतको निमन्त्रणामा भारत जाने तयारीमा रहेको बतँए ।
हालका सेनापति थापा र पुर्व प्रधानसेनापतिको भारत भ्रमणको तयारीका लागी काठमाडौंस्थित भारतिय दूतावासमा कार्यरत भारतिय सेनाका सैनिक सहचारी कर्णेल अभानिस चम्वियाल विहिवार विहान नयां दिल्ली प्रस्थान गरिसकेका छन् ।
सुरक्षाविद् चिरनजंग थापाले भारतीय सेना र नेपाली सेनाको सम्बन्ध अदभुत, अतुलनिय र अक्षुण रहेको भन्दै पुर्व प्रधानसेनापतिहरुको भ्रमण सैनिक सम्बन्ध अझै प्रगाढ बनाउनका लागी भएको हुन सक्ने बताए । उनले भने ‘नाकावन्दीको वेला पनि सेनाको सम्बधका कारण दुई देशको सम्बन्ध सुमधुर भएको थियो, अहिले पनि नेपालसंग सम्बन्ध अझै घनिष्ट बनाउन खोजेको हुनसक्छ ।’
नेपाल र भारतको वीचमा सम्बन्ध विग्रेको वेला दुवै देशको सैनिक नेतृत्वले राजनीतिक नेतृत्वको वीचमा मध्यस्थकर्ताको भुमिका खेलेका थिए ।
बिमस्टेकका सदस्य राष्ट्रको पुनेमा सम्पन्न भएको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नभएपछि भारत असन्तुष्ट रहेको बताईन्छ ।
अमेरिकी सेनाका जर्नेल काठमाडौंमा
अमेरिकी सेनाका एडमिरल फिलिप एस डेभिसन एक दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आईपुगेका छन् । सैनिक स्रोतले दिएको जानकारीअनुसार जनरल डेभिसन युस प्यासिक कमाण्ड हेर्ने चार तारे जर्नेल हुन् । उनको विहिवार प्रधानसेनापति पूर्णचन्द्र थापासंग भेटवार्ता गर्ने कार्यक्रम छ ।
यो पनि पढ्नुहोस् –
प्रतिक्रिया