वासिङटन – अब आफ्नो बच्चालाई जन्मदेखिनै अमेरिकी नागरिक बनाउने कोशिश आमा– बुवाका लागि मुश्किल हुने भएको छ । ट्रम्प प्रशासनले बर्थ टुरिजममा रोक लगाउने नयाँ भिसा प्रतिबन्ध निर्धारित गरेको छ ।
यो भिसा प्रतिबन्ध कानुनलाई बिहीबार सार्वजनिक गरिदैछ । विश्वका धेरै गर्भवती महिला अमेरिकी भूमिमा जन्म लिएकै कारण आफ्नो बच्चा बच्चीलाई त्याहाँको नागरिकता प्राप्त होस् भन्नकै लागि आफ्नो बच्चाको जन्म अमेरिकामा गराउन चाहन्छन् ।
अमेरिकी संविधानका अनुसार अमेरिकामा जन्म लिने कुनै पनि बच्चालाई नागरिकताको अधिकार स्वतः मिल्नेछ । तर यो नयाँ भिसा नियमका अनुसार बच्चालाई यस किसिमबाट नागरिकता दिलाउन सम्भव हुने छैन ।
नयाँ भिसा योजनासँग सम्बन्धित दुई अधिकारीले नयाँ नियमपछि गर्भवती महिलालाई अमेरिका जाने पर्यटक भिसा हासिल गर्न अत्यन्त मुश्किल हुने बताएका छन् ।
नयाँ नियमका अनुसार यस किसिमका महिलालाई भिसा हासिल गर्ने बाटोमा अर्को एक अवरोध सिर्जना हुनेछ ।
उनीहरुले काउन्शील अधिकारीलाई अमेरिका जाने कुनै अन्य वैध कारण बताएर सन्तुष्ट पार्न आवश्यक छ । अमेरिकी प्रशासनले आप्रवासनका सबै रुपलाई प्रतिबन्धित गर्ने प्रयास गर्दै आएको छ ।
राष्ट्रपति ट्रम्प विशेषगरी जन्मसिद्ध नागरिकताको अधिकारको बिरुद्धमा मुखर देखिएका छन् । उनी यसलाई बन्द गर्ने धम्की दिँदै आएका छन् । यद्यपि विद्वान र प्रशासनिक अधिकारीका अनुसार यो त्यती सजिलो भने छैन ।
अर्बौ रुपैयाँको छ बर्थ टुरिजम
अमेरिका र अन्य केही मुलुकमा बर्थ टुरिजमबाट अर्बौ रुपैयाँको मुनाफा हुदै आएको छ । अमेरिकी कम्पनीले यसका लागि विज्ञापन निकालेरनै उपभोक्ता खोज्ने गरेका छन् ।
अमेरिकामा सुत्केरी गराउने, मेडिकल केयर, होटलको कोठा आदि सुविधा उपलव्ध गराए बापत ८० हजार डलर अर्थात ९० लाख रुपैयाँसम्म असुल्ने गरिएको छ ।
सेन्टर फर इमिग्रेसन स्टडिजका अनुसार २०१२ मा मात्रै ३६ हजार भन्दा बढी विदेशी महिलाले अमेरिकामा बच्चालाई जन्द दिएका थिए ।
विशेषगरी रुस तथा चीनबाट ठूलो संख्यामा महिलाहरु आफ्नो बच्चालाई जन्म दिनका लागि अमेरिका जाने गर्छन । यद्यपि अमेरिकी प्रशासन ट्रम्प राष्ट्रपति बन्नु भन्दा पहिलेदेखिनै यो सुविधा समाप्त गर्ने कोशिश गरिरहेको थियो ।
प्रतिक्रिया