बाल यौन दुराचारी डच नागरिक सीआईबीको फन्दामा

बाल यौन दुराचारी डच नागरिक सीआईबीको फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बाल यौन दुराचारको आरोपमा एक जना डच नागरिकलाई काठमाडौंको ठमेलबाट हिरासतमा लिएको छ।

विपन्न बालकहरुलाई सहयोगको आवश्वासनमा यौन दुराचार गरेको भन्दै सीआईबीले ६६ वर्षीय पियाट हेन भान तेरविस्गालाई पक्राउ गरेको हो।

उनी बसेको होटलको कोठाबाट प्रहरीले बालकको पनि उद्धार गरिएको सीआइबीका एसपी बुद्धिराज गुरुङले जानकारी दिए।

उनीविरुद्ध जवरजस्ती करणी मुद्दामा प्रहरीले कारबाही अघि बढाइको सिआइबीले जनाएको छ।