आठ वर्षका बालकले यु–टयूबबाटै कमाए २.६ करोड डलर

आठ वर्षका बालकले यु–टयूबबाटै कमाए २.६ करोड डलर


न्यूयोर्क – फोब्र्स म्यागेजिनले बुधबार प्रकाशित गरेको सूची अनुसार ८ वर्षीय रेयान काजीले आफ्नो यू–ट्यूब च्यानलमा २०१९ मा २.६ करोड डलरको आम्दानी गरेका छन् । यसै कारण यो प्लेटफर्ममा सर्वाधिक कमाई गर्ने यू–ट्यूबर बनेका छन् । फोब्र्सका अनुसार २०१८ मा २.२ करोड डलरको आम्दानी गरेर उक्त वर्ष पनि यो भिडियो प्लेटफर्ममा सर्वाधिक पैसा कमाउने यू–ट्यूबर बनेका थिए ।

रेयानका माता–पिताले २०१५ मा उनको च्यानल रेयान्स वल्र्ड लन्च गरेका थिए । यो च्यानलमा रेयानका पहिलेदेखिनै २.२९ करोड यूजर्स रहेका छन् । रेयान खेलौनाको अनबक्सिङ तथा यसलाई खेल्दै गर्दा एउटा सानो भिडियो बनाउछन् र उनको माता–पिता यसलाई यू–ट्यूबमा अपलोड गर्ने गर्छन् । च्यानलमा अब खेलौनका अतिरिक्त शैक्षिक भिडियो पनि राख्न थालिएको छ ।

एनालाइटिक्स वेबसाइट सोशल ब्लेडको आंकडा अनुसार रेयानको कैयौ भिडियाको एक अर्ब भन्दा पनि बढी भ्यूज रहेको छ । उनको च्यानल बनेपछि अहिलेसम्मको अवधिमा करिब ३५ अर्ब भ्यूज मिलिसकेको छ । हालैमा एक उपभोक्ता वकालत संगठन ट्रुथ इन एडभरटाइजिङले अमेरिकी फेडरल ट्रेड कमिसनमा उजुरी दर्ता गराएको थियो । यसपछि च्यानलको नाम फेरिएको हो ।