‘खुर्सानी’ खाँदा ह्रदयघात र स्ट्रोकबाट मर्ने चान्स कम

‘खुर्सानी’ खाँदा ह्रदयघात र स्ट्रोकबाट मर्ने चान्स कम


रोम – खुर्सानी खानाले मुटुको रोग र स्ट्रोकबाट हुने मृत्यूको जोखिममा कमी आउने अनुसन्धानकर्मीहरुले बताएका छन् ।

इटालीमा एकदमै सामान्य अंशको रुपमा रहेको खुर्सानीको विषयमा अध्ययन सञ्चालन गरिएको थिया । २३ हजार मानिसमा गरिएको यो अध्ययनले मृत्यूको जोखिमको बारेमा तुलना गरेको थियो । उनीहरु मध्ये केहीले खुर्सानी खाने गरेको र केहीले खाने गरेका थिएनन् ।

सहभागीहरुको स्वास्थ्यको अवस्था र खाने बानीलाई ८ वर्षसम्म अनुगमन गरिएको थियो । यसबाट अनुसन्धानकर्मीहरुले सातामा कम्तीमा पनि ४ पटकसम्म खुर्सानी खाने मानिसमा ह्दयघातबाट मृत्यू हुने जोखिममा ४० प्रतिशतले कमी आएको फेला पारेका छन् ।

सोमबार जर्नल अफ अमेरिकन कलेल अफ कार्डियोलोजीमा प्रकाशित नतिजा अनुसार स्ट्रोकबाट मृत्यू हुनेको संख्यामा आधा भन्दा बढीले कमी आएको उल्लेख छ ।

‘मृत्यूको जोखिमबाट सुरक्षा प्राप्त गर्नका लागि मानिसले लिने भोजननै रहेको देखिएको छ,’ अध्ययनका लेखक मारियालाउरा बोनासियोले बताइन् ।

‘अर्को शब्दमा भन्ने हो भने केहीले स्वस्थ मेडिटरेनियन भोजन लिन सक्छन्, अन्यले कम स्वस्थ खाना लिन सक्छन् । तर उनीहरु सबैका लागि खुर्सानी सुरक्षात्मक हुन सक्छन्,’ उनले भनिन् ।

यो अनुसन्धानले मोली सानी अध्ययनबाट तथ्यांक लिएको छ । यो अध्ययनमा दक्षिणी इटालीको मोलिसे क्षेत्रका झन्डै २५ हजार सहभागी रहेका थिए ।

यद्यपि इटालीको खाद्य संस्कृतीबाट खुर्सानीका फाइदाजनक अंहशरु घट्दै गएको न्यूरोम्ड मा इमिडेमियोलोजी एन्ड प्रिभेन्सन विभगाका निर्देशक लिसिया लाकोभिलोले बताए ।

‘यो विषयमा चीन र अमेरिकामा पहिलेनै अवलोकन गरिसकिएको छ । क्याप्सिकमका विभिन्न प्रजाीतहरु विश्वम विभिन्न तरिकाबाट प्रयोग गरिदै आएको छ । यसले स्वास्थ्यमा रक्षात्मक काम गर्नेछ,’ लोकोभिलोले बताए ।