चीनद्वारा १० अर्ब डलरको ऋण मिनाहा, क्यूवाको मात्रै आधा

चीनद्वारा १० अर्ब डलरको ऋण मिनाहा, क्यूवाको मात्रै आधा


एजेन्सी – विगत १८ वर्षको अवधिमा चीनले अन्य मुलुकको झन्डै ९.८ अर्ब डलरको ऋण मिनाहा गरेको छ । यसको आधा भन्दा बढीत क्यूवाकै रहेको छ ।

शीत युद्ध समाप्त भएपछिको समयमा यो बन्द बजार अर्थतन्त्रको मुलुक अन्यत्र निर्भर रहदै आएको छ । हाल पनि यो मुलुक १९८० को दसकको तुलनामा राम्रो हुन सकेको छैन । क्यूवाले २०११मा ६ अर्ब डलरको ऋण मिनाहा पाएको थियो ।

चिनियाँ निकायहरुले गरेको ऋणको मिनाहाका लागि २००७ को वर्ष महत्वपूर्ण रहेको थियो । लगभग २५ राष्ट्रहरुले आफ्नो ऋण मिनाहा भएको पाएका थिए । यद्यपि यी २५ मुलुकहको जुन परिमाणमा ऋण मिनाहा भएको थियो, त्यो भन्दा बढीत क्यूबाको मात्रै रहेको छ । यी मुलुकहरुको ८३ करोड ८० लाख डलरको ऋण मिनाहा भएको थियो । यो हवानाको भन्दा ६ गुणाले कम होे ।

क्यूबाको सरकारले हाल जनतालाई खाद्यान्न उपलव्ध गराउन सकेको छैन । क्यूबाको अवस्था हाल ठ्याक्कै भेनेजुयलाको जस्तै रहेको छ ।
यद्यपि क्यूबाको प्रति व्यक्ति जीडीपी आय ८ हजार डलर भन्दा माथि रहेको छ । यो पाकिस्तान र कम्बोडियाको भन्दा ४ गुणाले बढी ि हो । क्यूबाको जीडीपी कम्बोडियाको भन्दा बढी रहदै आएका छ ।

२००८ देखि २०१५ सम्मको अवधिमा क्यूबामा भएको लगानी १७ प्रतिशत र यो मुलुकले गरेको निर्यात ५ प्रतिशतले घटेको छ । यो मुलुकले थोरै उत्पादन गर्दै आएको छ र ठूलो मात्रामा व्यापार घाटा रहेको छ । भेनेजुयलाले तेलमा सहुलियत नदिएको भए यो अवस्था झनै खराब हुन सक्थ्यो । यो अवस्थामा आफ्ना राजनीतिज्ञ र पेन्सन कोषका लागि भुक्तानी गर्नका लागि थप विदेशी पैसाको आवस्यकता पर्न सक्थ्यो । चीनले क्यूवा सरकारलाई ६ अर्ब डलरको ऋण मिनाहा गरेको छ ।

२०११ देखि २०१४ सम्मको अवधि अर्थात शीत युद्धको कैयौ वर्षपछि ४ मुलुकले क्यूबाले लिएको ऋण मिनाहा गरेका छन् । मेक्सिको, जापान, चीन र रुसले संयुक्त रुपमा ४० अर्ब डलरको ऋण मिनाहा गरेका छन् ।