चिनियाँ पिसकिपर्सले बनाए ‘पीस स्क्वायर’

चिनियाँ पिसकिपर्सले बनाए ‘पीस स्क्वायर’


बेरुत – गत पाँच महिनाको अवधिमा चीनका मिसन पीसकिपर्सले बनाएको पीस स्क्वायर पुरा भएको उपलक्ष्य मनाउनकका लागि दक्षिणी लेबनानी गाउको सार्वजनिक विद्यालयलमा युनिफिल र स्थानीय अधिकारीहरु भेला भएका छन् ।

अल मजादी पब्लिक स्कुलको अनुरोधमा युनिफिल चिनियाँ पीसकिपर्सले २०१९ को अगस्टमा काम सुरु गरेका थिए । अन्त्यमा उनीहरु बास्केटबल कोर्ट समेत बनाएका थिए । यो ६०० बर्ग मीटरमा फैलिएको छ । पीसकिपर्सहरुले स्कुलको मर्मत तथा ढोका, भ्mयाल, पर्खाल र डेस्कको पनि मर्मत गरेका थिए ।

१६ जनवरीमा स्कुललाई स्क्वायरको हस्तान्तरण गर्दाको समयमा प्रधानाध्यापक मालेक हामेदीले युनिफिल र चिनियाँ निर्माण युनिट (चीनसेउ)प्रति कृतज्ञता व्यक्त गरेका थिए ।

‘हामीले तीन वर्ष अगाडि यस किसिमको स्क्वायरको निर्माण गर्ने अपेक्षा गरेका थियौं । तर यसका लागि अर्थ र मानव स्रोत साधन थिएन,’ उनले बताए । ‘जब हामीले चीनसेउलाई सहयोेगका लागि अनुरोध ग¥यौ उनीहरुले तत्काल यसका लागि काम सुरु गरेका थिए,’ उनको भनाई थियो ।

उक्त स्कुल २००६ को युद्धको समयमा नराम्ररी ध्वस्त भएको थियो । २०१५ मा युनिफिलका लागि उनीहरुलाई परिचालन गरेपछि यसको नाम चाइना–लेबनान पीस स्क्वायर राखिएको छ । चिनियाँ पीसकिपर्सले स्कुलका लागि सहयोगको प्रस्ताव गरेका थिए । हाल यो स्कुलमा ७०० विद्यार्थी रहेका छन् ।

हिनसेउका डेपुटि कमाण्डर मेजर सेन याङसीले भने, ‘पीसकिपर्स अधिकारीहरु र सेनाले उच्च गुणस्तरमा आफ्नो काम मात्रै पुरा गरेका छैनन कि उनीहरुले आयोजक समुदायलाई फाइदा हुने किसिमबाट मानविय सहयोग पनि सञ्चालन गरेका छन् ।’

गत वर्षको मे महिनाको अन्त्यमा लेबनानमा यसको परिचालन गरेपनि चीनसेउको हालको ब्याचले २९ इन्जिनियरिङ काम पनि पुरा गरेको छ । युनिफिलमा हाल ४०० भन्दा बढी चिनियाँ पीसकिपर्स रहेका छन् ।