चीन – चीनमा प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै उपचार गराइरहेका स्थानहरुमा चिनियाँ राष्ट्रपति सि चिनफिङले निरीक्षण गरेका छन् ।
उनको बेइजिङमा स्वास्थ्य विभागले कोरोना भाइरसको सङ्क्रमणको उपचारमा लागि सञ्चालन गरिरहेका स्थानहरुको सोमबार निरीक्षण गरेको समाचारमा जनाइएको छ ।
उनले बेइजिङको चाओयाङ जिल्लाका नागरिकका लागि कोरोना भाइरसको उपचारका लागि बनाइएका रोग निवारण तथा उपचार केन्द्रहरुको पनि निरीक्षण गरी ती स्थानमा अपनाइएका उपचार पद्दतिको बारेमा पनि जानकारी लिएको बताइएको छ ।
प्रतिक्रिया