महामारीको असर अस्थायी, दीर्घकालिन चिनियाँ अर्थतन्त्र उत्तम

महामारीको असर अस्थायी, दीर्घकालिन चिनियाँ अर्थतन्त्र उत्तम


काठमाडौं – चीनले नयाँ कोरोनाभाइरस निमोनिया सुरु भएपछि यसको नियन्त्रणका लागि उच्च जिम्मेवारीका साथ आफ्नो भूमका निर्वाह गरेको छ ।

यसमा स्प्रिङ फेस्टिभलको बिदाको समयलाई लम्ब्याउने, कम्पनी खोल्ने समयलाई पर सारिएको, अन्तर्राष्ट्रिय ग्रुप टुर रद्ध गरेको र मानिसलाई बाहिर निक्लनका लागि रोक लगाएको लगायतका विषय पनि समावेश छन् । यी प्रयासले हाल सकारात्मक परिवर्तन ल्याएको छ । रोकथाम र नियन्त्रण मापनले उद्योगलाई नराम्रो प्रभाव पारेको र चिनियाँ अर्थतन्त्रलाई छोटो अवधिको प्रभाव पारेको छ ।

महामारीलाई रोक्ने चिनियाँ सरकारको उच्च प्राथमिकता भएपनि अर्थतन्त्रको विकासले पनि उत्तिकै महत्व राख्छ । हाल हुवेई बाहेक सबै चीनको उत्पादन पुनः सुरु भएको छ । नेशनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनको तथ्यांक अनुसार देशका प्रमुख अन्न उत्पादक र प्रशोधनं फर्मको ९४ .६ प्रतिशतको काम पुनः सुरु भएको छ ।

महामारीको अस्थायी असरबाट सुरक्षित गर्नका लागि चीनको केन्द्र सरकारले विशेष किसिमको वित्तीय र आर्थिक नीति अवलम्वन गरेको छ । यो विशेषगरी साना र मध्यमआकारको व्यवसाय (एसएमईएस) र निजी कम्पनीहरुका लागि गरिएको छ ।

पिपुल्स बैंक अफ चाइनाले बजारमा १.७ ट्रिलियन युआनको तरलता प्रवाह गरेको छ । छोटो अवधिका उतात–चढाव भोगेपछि धितोपत्र र विनिमय बजार सामान्यम फर्किएको छ । यसले महामारी रोक्ने चिनियाँ सरकारको क्षमता र चीनको भावि आर्थिक वृद्धिप्रति लगानीकर्ताहरुको विश्वास पलाएको छ ।

त्यसैले महामारीको असर चिनियाँ अर्थतन्त्रका लागि अस्थायी मात्रै हो । चीनको अर्थतन्त्र सबल र व्यापक सम्भावनायुक्त रहेको छ । महामारीका कारण मागमा देखिएको सुस्त अवस्था लामो समयका लागि होइन । यो केही समयका लागि पर सरेको मात्रै हो । २००३ को दोस्रो त्रैमासमा पनि सार्स भाइरसका कारण आर्थिक वृद्धिमा असर परेको थियो । तर तेस्रो त्रैमासमा गएर सुधार भएको थियो । वार्षिक आर्थिक विकासको लक्ष्य हासिल भएको थियो ।

हाल चिनियाँ अर्थतन्त्रको आधार २००३ को दाजोमा थप राम्रो भएको छ । हाल चीनको जीडीपी १४० खर्ब डलर पुगेको छ र प्रति व्यक्ति आय १०,००० डलर भन्दा बढी भएको छ । चीनको आन्तरिक बजारको आकारनै १.४ अर्ब जनसंख्यामा आधारित छ । संयुक्त राष्ट्र संघको उद्योग वर्गिकरण प्रणालीमा सबै औद्योगिक वृत्तको होस्टको रुपमा चीन एक मात्र विश्वको मुलुक रहेको छ । यी सबैलाई आधार मान्दा एउटा महामारीले चीनको आर्थिक वृद्धिलाई रोक्न नसक्ने देखिन्छ ।

त्यसैले चिनियाँ अर्थतन्त्र चाडैनै महामारीबाट बाहिर आएर राम्रो विकासको मार्गमा फर्किने विश्वास चीनको रहेको छ । यी सबैलाई आधार मान्दा महामारीको असर चीनका लागि दीर्घकालिन नभई अल्पकालिन मात्र हो भन्न सकिन्छ ।