बाढीपहिरोबाट भएको क्षतिप्रति चीनद्वारा दुःख व्यक्त

बाढीपहिरोबाट भएको क्षतिप्रति चीनद्वारा दुःख व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–चीनका विदेश मन्त्री वाङ यीले नेपालमा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालाई सन्देश पठाउँदै उनले नेपालमा भारी वर्षाका कारण बाढी र पहिरोको भएको ठूलो मानवीय र सम्पत्तिको क्षतिले आफू स्तब्ध भएको बताए ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले बाढीपहिरोमा पनि ज्यान गुमाएकाहरू गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

चीनले नेपालसँग सधैं सुख–दुःख साझा गरेको र आवश्यकताअनुसार नेपालको बाढीपीडितका लागि आफ्नो क्षमताअनुसार सहयोग गर्न तयार रहेको पनि यीले बताए ।