काठमाण्डु – चीनले शनिबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
पाइसेट २ का ४ वटा उपग्रहहरू लङ मार्च–२ सी क्यारियर रकेटद्वारा बिहान ११ः३९ बजे प्रक्षेपण गरी आफ्नो योजनाबद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेका थिए ।
तिनीहरूले मुख्य रूपमा व्यावसायिक रिमोट–सेन्सिङ डेटा सेवाहरू प्रदान गर्नेछन् । यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृंखलाको ५४४औं उडान अभियान थियो ।
मार्च सन् २०२३ मा चीनले पाइसेट–१ सहित ४ वटा भूउपग्रहहरूको पहिलो प्रक्षेपण गरेको थियो ।
प्रतिक्रिया