काठमाण्डु । चिनियाँ राष्ट्रपति सी चिनपिङले नेपाललाई ५०० मिलियन आरएमबी अर्थात् करीब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भएको भेटवार्तामा उनले अनुदान दिने घोषणा गरेका हुन् ।
चीनको ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग अनुदानबारे छलफल गरेका प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चीनमा छन् । मंगलबार प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै ९ बुँदे सहमतिमा हस्ताक्षर र चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका छन् ।
प्रतिक्रिया