बीउ प्रजनन अनुसन्धानमा एआईलाई समेत तालिम

बीउ प्रजनन अनुसन्धानमा एआईलाई समेत तालिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– चीनमा कृषि क्षेत्रलाई व्यवस्थित गर्न आर्टिफिसियल इन्टेलिजेन्स(एआई)को प्रयोग गर्न थालिएको छ । बीउ प्रजनन अनुसन्धानलाई सुव्यवस्थित गर्न चिनियाँ वैज्ञानिकहरूले एआईलाई तालिम समेत दिएका छन् ।

दक्षिणी चीनका कृषि वैज्ञानिकहरूको टोलीले कपास बालीमा हुने भिन्नताहरू पहिचान गर्न एआई मोडेलहरूलाई तालिम दिएका हुन् । बीउ अनुसन्धान र विकासको दक्षतामा सुधार ल्याउन यस्तो विधि अपनाइएको हो ।

गत वर्ष नोभेम्बरमा कपास रोपिएदेखि वैज्ञानिकहरूले प्रत्येक सात दिनमा तस्बिरहरू सङ्कलन गर्न रोबोट र क्यामेरा प्रयोग गर्दै आएका छन्।

जसमा कपासको बोटहरू बीचको डाँठको मोटाई, उचाइ र पातको आकारमा थोरै भिन्नता जस्ता कुराहरू समावेश छन्।

चाइना एकेडेमी अफ एग्रिकल्चरल साइन्सेसमा अध्ययनरत पीएचडी विद्यार्थीका अनुसार प्रत्येक पटक, ७ देखि १० भिडियोहरू सङ्कलन गरेर विभिन्न विधिमार्फत विभिन्न प्रविधिका माध्यमबाट अनुसन्धान गरिएको छ ।

कृषिवालीको उत्पादनको समयसम्ममा, एआईले प्रजनन चक्रको बुझाइ विकास गर्न विशाल मात्रामा डेटा फिल्टर गर्ने र अनुसन्धान दक्षतामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ (सीसीटीभीप्लस)