एजेन्सी – चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी समकक्षी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ ।
चीनको वुहानबाट फैलिएको नोवेल कोरोनाभाइरसको सन्त्रास विश्वभरि फैलिएका बेला ट्रम्प र सीबीच शुक्रबार टेलिफोनमा कुराकानी भएको हो ।
‘कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि स्रोतको परिचालन र तीव्र काम गरेर हामीले विस्तृत र निकै कडा मापदण्ड अपनाएका छौं । हामीले रोकथाम र नियन्त्रणका माध्यमबाट हामीले यो महमारीविरूद्ध जनयुद्ध घोषणा गरेका छौं,’ ट्रम्पसम्ग सीले भनेका छन् ।
सीले ट्रम्पससँग कोरोनाभाइरससँग लड्ने आत्मविश्वास र क्षमता चीनसँग रहेको उल्लेख गर्दै चिनियाँ अर्थतन्त्रको दीर्घकालीन सकारात्मक ट्रेन्ड परिवर्तन नहुने बताएका थिए ।
यसअघि चीनले कोरोनाभाइरससँग लड्न अमेरिकाले सहयोग नगरेको बरू संसारभरि त्रास फैलाएको आरोप लगाएको थियो ।
प्रतिक्रिया