एजेन्सी – अमेरिकी जलसेनाले चीनले आफ्नो पी–८ सर्भेलेन्स विमानमाथि सैन्य ग्रेडको लेजर प्रहार गरेको आरोप लगाएको छ ।
जलसेनाले बिहीबार एक वक्तव्य जारी गर्दै चीनको सैन्य युद्धपोतबाट आफ्नो पी–८ सर्भेलेन्स विमानमाथि लेजर प्रहार गरेको अआरोप लगाएको हो ।
गत हप्ता भएको यस घटनालाई अमेरिकी जलसेनाले ‘असुरक्षीत र अव्यवसायिक’ भएको संज्ञा दिएको छ । अमेरिकी जल सेनाले बिहीबार आफ्नो वक्तव्यमा भनेको छ, ‘जनगणतन्त्र चीनको नेभी डिस्ट्रोयरको हर्कत असुरक्षीत र अव्यवसायिक थियो । सैन्य ग्रेडको लेजरले चालक दल र विमान र विमानको सिस्टममा असर पु¥याउन सक्छ ।’
ड्याजलर्स भनेर चिनिने सैन्य ग्रेडको लेजर बिमले शक्तिशाली प्रकाशको सृजना गर्छ जुन लामो दुरीसम्म यात्रा गर्न सक्छ । यसले विमानको ककपिटलाई उज्यालो बनाएर पाइलटलाई केही बेर ‘दृष्टिविहीन’ बनाइदिन सक्छ ।
यस विषयमा अमेरिकाले औपचारिक कुटनीतिक विरोध ‘डिमार्के’ पनि जारी हुन सक्ने रक्षा मन्त्रालय स्रोतले सीएनएनलाई जनाएको छ ।
सन् २०१८ मा जिवुटीमा अमेरिकी सी–१३०जे विमानमा यस्तै घटना हुँदा पनि अमेरिकाले कुटनीतिक विरोध जनाएको थियो । साउथ चाइना सीमा अमेरिका र चीनबीच लामो समयदेखि तनाव चलिरहेको छ ।
प्रतिक्रिया