विश्वव्यापी कूटनीतिक शक्तिमा चीनले अमेरिकालाई उछिन्यो

विश्वव्यापी कूटनीतिक शक्तिमा चीनले अमेरिकालाई उछिन्यो


सिड्नी – विश्वकै कूटनीतिक मिसनको संख्याको मामिलामा चीनले अमेरिकालाई उछिनेको छ । सिड्नीस्थित लोभि इन्सटिच्यूटको एक अध्ययनका अनुसार २०१९ मा चीनको कुटनीतिक मिशनको संख्याका आधारमा पहिलो स्थानमा पुगेको हो ।

विश्वभरी उसको मिसनको संख्या २७६ पुगेको छ । जबकी अमेरिकाको २७३ रहेको छ । १८६ कुटनीतिक मिशनकासाथ भारत विश्वकै १२ औं स्थानमा रहेको छ ।

अध्ययनका अनुसार यो वर्ष चीनको प्रभाव विश्वभरी नै बढ्दै गएको छ । अन्य मुलुकसँग उसको सम्बन्ध मजबुत भइरहेको छ ।

सी जिनपिङको महत्वाकांक्षी योजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ले चीनको कुटनीतिक विस्तारको दायरा बढाउनमा सहयोग गरेको छ । विश्वभरी चीनको १६९ दूतावास, ९६ वाणिज्य दूतावास, ८ स्थायी मिसत तथा तीन अन्य मिसन रहेका छन् ।

अमेरिकाको १६८ दूतावास, ८८ वाणिज्य दूतावास, ९ स्थायी मिसन र ८ अन्य मिसन रहेका छन् । २०१६ मा चीन अमेरिका र फ्रान्सपछि तेस्रो स्थानमा रहेको थियो ।

यसको १ वर्षपछि अर्थात् २०१७ मा चीनले फ्रान्सलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको थियो । यसपछि यो मामिलामा २०१८ मा कुनै रिपोर्ट आएको थिएन ।

एशियामा भारत तेस्रो

विश्वभरी गरेर कुटनीतिक मिसनको संख्याको मामिलामा भारत १२ औं स्थानमा रहेको छ । भारतको १२३ दूतावास÷उच्च आयोग, ५४ वाणिज्य दूतावास, ५ स्थायी मिशन तथा ४ अन्य मिशन रहेका छन् ।

पाकिस्तानको कुल ११७ कुटनीतिक मिशन रहेको छ र यो सहित यो मुलुक २८ औं स्थानमा रहेको छ । २४३ मिशनका साथ जापान विश्वमै चौथो स्थानमा रहेको छ । जापानको १५१ दूतावास, ६१ वणिज्य दूतावास, १० स्थायी मिशन र २१ अन्य मिशन रहेका छन् ।