एजेन्सी – व्यापारको विषयमा दुवै मुलुक प्रारम्भिक सहमतीमा पुगेसँगै चीनले थप अमेरिकी भटमास किन्ने भएको छ । गत वर्षको समान अवधिको तुलनामा यो वर्षको सेप्टेम्बरदेखि नोभेम्बरसम्म चीनले गरेको अमेरिकी भटमासको खरिद १३ गुणाले वृद्धि भएको अमेरिकी भटमास निर्यात परिषदका लागि चीनको क्षेत्रिय निर्देशक सियाओपिङ झाङले बताएका छन् ।
अमेरिकी भन्सार शुल्क वृद्धिको बदलामा चीनले पनि गत वर्षको दोस्रो अर्धवार्षिक अवधिमा भन्सार शुल्क बढाएपछि चीनतर्फको अमेरिकी भटमासको निर्यातमा ह्वात्तै गिरावट आएको थियो । परिणाम स्वरुप यो वर्ष चीनले गरेको अमेरिकी भटमासको खरिद सामान्य किसिमको माध्यमाबाट भन्दा पनि विशेष व्यवस्थाबाट भएको थियो । अन्यथा अमेरिकी भटमासमा ३० प्रतिशतको भन्सार शुल्क लाग्ने झाङले बताए ।
विगतमा चीनले आफूले गर्ने अमेरिकी कृषि उपजको खरिद चिनियाँ बजारको आवश्यकता र बजार आधारित सिद्धान्तमा गर्ने बताउदै आएको थियो । विश्वकै दुई ठूला अर्थतन्त्रहरु १ वर्ष भन्दा पनि बढीको अवधिसम्म व्यापार विवादमा फस्दै आएका छन् ।
दुवै मुलुकले एक अर्काको अर्बौ डलरका सामग्रीमा भन्सार शुल्क लगाउदै आएका छन् । नोभेम्बरमा अमेरिकामा भएको चिनियाँ निर्यातमा २३ प्रतिशतको गिरावट आएको थियो । यो एकै महिनाको सबैभन्दा न्यून वृद्धि दर हो । तर आयातमा भने २.७ प्रतिशतको वृद्धि भएको छ । यो आयात वृद्धि २०१८ को अगस्टदेखिकै पहिलो वृद्धि हो ।
प्रतिक्रिया