चीनमा अमेरिकाविरोधी गीत भाइरल !

चीनमा अमेरिकाविरोधी गीत भाइरल !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – विश्वका दुई ठूला देश चिन र अमेरिकाबीचको अर्थतन्त्रबीचको व्यापार युद्ध अब कसरी हट्ला भन्ने विश्वव्यापी चासो भइरहेका बेला चिनियाँहरूले भने अमेरिकाविरोधी एउटा गीतलाई भाइरल बनाइरहेका छन् ।

ब्लुमवर्ग समाचारपत्रका अनुसार ‘व्यापार युद्ध’ बोलको उक्त गीत केही दिनयता चिनियाँ सामाजिक सञ्जाल विच्याटमा भाइरल भइरहेको छ । यो गीत सन् १९६० को जापानविरोधी चलचित्र ‘टनेल वार’को एक गीतको लयसँग मिल्ने गरी बनाइएको छ ।

पुरूषहरू पार्श्व स्वरबाट सुरू हुने गीतले भन्छ, ‘व्यापार युद्ध ! व्यापार युद्ध ! उपद्रा चुनौतीसँग नडराऔं ! उपद्रा चुनौतीसँग नडराऔं ! प्रशान्त सागरमा एउटा व्यापार युद्ध जारी छ ! यदि अपराधी हामीसँग लड्न खोज्छ भने हामी उसले सोचेभन्दा नराम्ररी हराउने छौं ।’

‘चीनले अहिले भोगिरहेको अवस्थामा त्यतिबेलाको याद दिलाउन मैले टनेल वारको लय बनाएको हुँ,’ गीतका निर्माता तथा लेखक झाओ लियाङटियाङले भने, ‘व्यापार वार्ता टुंगिएपछि केही गर्नुपर्छ भन्ने लागेर गीत लेखेको हुँ ।’

पछिल्लो समय चीनले आफ्ना सञ्चारमाध्यमबाट अमेरिकाविरोधी र राष्ट्रियता झल्काउने सामग्री प्रकाशन प्रसारणलाई उच्च महत्व दिएको छ । समाचार पत्रले चीन अमेरिकासँग झुक्न नहुने विश्लेषण र विचार छापिरहेका छन् भने टेलिभिजन च्यानलहरूले जापानसँग भएको युद्ध, कोरिया युद्धमा अमेरिकासँग भएका घटनालगायतबारे बनेका चलचित्रहरू देखाइरहेका छन् ।

टुंगिन लाग्यो भनिएको अमेरिका–चीनबीचको व्यापार वार्ता डेढ साताअघि भाँडिएको थियो । वासिङ्टनमा भएको ११औं चरणको वार्ता निष्कर्षमा नपुगेसँगै अमेरिकाले थप दुई सय अर्ब डलरका चिनियाँ सामानमा २५ प्रतिशत भन्सार लगाएको छ । बदलामा चीनले पनि अमेरिकाबाट आउने थप ६० अर्ब डलरका सामानमा भन्सार थपेको छ ।