बेइजिङ – चीनले लाखौ उइगर तथा कजाक मुश्लिमलाई डिटेन्सन क्याम्पमा राखेको छ ।
यद्यपि सुरुमा चीनले यो खबरको खण्डन गरेको थियो । पछि स्वीकार गर्दै मुश्लिमलाई व्यवसायिक प्रशिक्षण दिनका लागि ट्रेनिङ क्याम्पमा पठाइएको बताएको छ ।
यद्यपि यसको उद्देश्य भनेको मुश्लिमको कट्टरता समाप्त गर्न तथा मुश्लिम समाजलाई दमन गर्नका लागि नभएको चीन सरकारले जनाएको छ ।
डिटेन्सन सेन्टरमा पठाइएको मानिसको बच्चालाई चीनको सरकारी बोर्डिङ स्कुलमा राखिएको छ । यसको माध्यमबाट उनीहरुलाई सानैदेखि कट्टरताको भावनाबाट रोक्न सकिने विश्वास चीन सरकारको छ ।
यस किसिमका बच्चाको संख्या लगभग ५ लाख रहेको छ । चीनको सिनजियाङ प्रान्तमा यस्ता सैयौं बोर्डिङ स्कुल खुलेका छन्, जहाँ मुश्लिम बच्चालाई पनि राख्न सकियोस् ।
न्यूयोर्क टाइम्सको समाचार अनुसार यस्तै किसिमको एक मामिला पहिलो कक्षामा पढ्ने एक सानी बच्चीको रहेको छ ।
उनको कक्षाको साथी उनलाई धेरै माया गर्छिन र उनी पढ्न लेख्नमा पनि अब्बल छिन् । तर उनी एकान्तमा रुने गरेकि छन् ।
उनी आफ्नो आमा भएको ठाउँमा जान चाहन्छिन्, जसलाई चीनको डिटेन्सन सेन्टरमा राखिएको छ । उनको पीताको निधन भइसकेको छ । तर प्रशासनले बच्चीलाई उनको अर्का नजिकका नातेदारलाई सुम्पनु भन्दा बोर्डिङ स्कुलमा राखेको छ ।
रिपोर्टका अनुसार विगत ३ वर्षमा करिब १० लाख भन्दा उइगर तथा कजाक मुश्लिमलाई डिटेन्सन क्याम्पमा राखिएको छ । यसको उद्देश्य भनेको मुश्लिम आवादीलाई इश्लाम आस्थाबाट कमजोर गर्नु रहेको छ ।
प्रतिक्रिया