बेइजिङ – व्यापक निर्माणका वर्षहरुपछि २०१९ मा चीनमा निर्माण भएका नयाँ गगनचुम्बी भवनहरुको निर्माणमा नाटकिय गिरावट आएको काउन्शील अन टल बिल्डिङ एन्ड अर्बान ह्याबिट्याट (सीटीबीयूएच) ले जनाएको छ ।
गत वर्ष यो मुलुकले २०० मीटर भन्दा अग्ला केबल ५६ नयाँ भवनको निर्माण मात्रै पुरा गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशत भन्दा बढीले कम हो । चीनको गगनचुम्बी भवनको निर्माणमा कमी आएपनि विश्वका अन्य भागमा भने २०० मीटर प्लसका भनहरुको निर्माणमा भने वृद्धि भएको छ । यद्यपि विश्वको कुलको संख्यामा भने १४ प्रतिशतको हाराहारीमा कमी आएको छ ।
अभैmपनि विश्वव्यापी रुपमा नयाँ निर्माणमा भने चीनको हिस्सा अझै आधा रहेको छ । यसमा १० सर्वाधिक नयाँ टावरमा ६ चीनका रहेका छन् । तर २०१३ देखि देशको कुलको न्यून रहेको सीटीबीयुएचको वार्षिक रिपोर्टले देखाएको छ ।
तथ्यांकले २०१८ को तुलनामा फरक खालको अवस्था देखाएको छ । उक्त वर्षमा चीनले हालसम्म निर्माण भएका मध्ये एकै वर्षको आधारमा सर्वाधिक गगनचुम्बी भवन निर्माण गरेको नयाँ रेकर्ड राखेको थियो ।
गिरावटको एक कारणमा देशको राजनीतिक र आर्थिक वातावरणमा आएको व्यापक फेरबदलनै भएको सीटीबीयूएचको जर्नलका प्रधान सम्पादक डानियल सफारिकले बताए ।
प्रतिक्रिया