चीनको केमिकल प्लान्टमा भयानक बिस्फोटः २२ को मृत्यु, २२ घाइते

चीनको केमिकल प्लान्टमा भयानक बिस्फोटः २२ को मृत्यु, २२ घाइते


एजेन्सी – बुधबार उत्तरी चीनको एक केमिकल कम्पनीमा बिस्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । ग्लोबल टाइम्सका अनुसार बिस्फोट राजधानी बेइजिङबाट दुई सय किलोमिटर टाढा झांगजियाकोउस्थित हिबेई शेंगुआ केमिकल कम्पनीमा भएको हो ।

घटनामा ५० वटा साना–ठूला ट्रक पनि जलेको बताइएको छ । बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जानकारी दिइएको छ । विष्फोटको कारणबारे कम्पनीले पनि केही जानकारी दिएको छैन ।

तर, न्युयोर्क टाइम्सले उद्योगको सुरक्षा अधिकारी वुले सांघाईको एक पत्रिकालाई दिएको भनाई उद्धृत गर्दै लेखेको छ, ‘उद्योगमा रसायन डेलिभर गर्न आएका ट्रकहरु मध्ये एक ट्रकमा विष्फोट भएको थियो । त्यसपछि शृङ्खलाबद्ध रुपमा अन्य ट्रकहरु विष्फोट भएका थिए ।’