काठमाण्डु – सन् २०२४ चीनका लागि कठिन वर्ष रह्यो । राष्ट्रपति सी जिनपिङको सरकार एकतर्फ देशभित्र आर्थिक समस्याहरूसँग जुधि रहेको छ भने अर्कोतिर अन्तर्राष्ट्रिय स्तरमा रूससँग बनेको गठबन्धनले थप जटिलता थपेको छ । यसका अतिरिक्त वैश्विक अर्थव्यवस्थामा चीनले एक अहम् भूमिका निर्वाह गर्ने क्रम जारी राखेको छ ।
तरपनि केही पाँच क्षेत्र छन् जो २०२५ मा चीनको भावी योजनाका अगाडि चुनौतीको पहाड बनेर उभिएको छ ।
अमेरिकासँगको प्रतिद्वन्द्विता
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जनवरीमा सत्ता सम्हाले । चीनप्रति अमेरिकाको आक्रामक रवैयालाई कसरी व्यवस्थापन गर्ने चीनको सबैभन्दा ठुलो चुनौती बनेको छ ।
राष्ट्रपतिमा निर्वाचित भए लगतै ट्रम्पले चीनसहित अन्य केही देशलाई ६० प्रतिशत अन्तःशुल्क लगाउने धम्की दिएका छन् । ट्रम्पको पछिल्लो कार्यकालमा सुरु भएको व्यापार युद्ध उनको यो कार्यकालमा पनि जारी रहनेछ ।
अमेरिकासँगको टकरावपूर्ण सम्बन्ध चीनका लागि अहम् चुनौती साबित हुनेछ । चीनले अमेरिकासँग यसअघि भएको व्यापार युद्धबाट धेरै पाठ पनि सिकिसकेकाे छ । २०१७ को तुलनामा अब व्यापार युद्धसँग जुध्न चीन राम्रो अवस्थामा पुगेको तथ्य पनि छ ।
विश्वव्यापी प्राविधिक युद्ध
यस कुरामा कुनै शंका छैन कि चीन र अमेरिकबीच अन्तःशुल्क सबैभन्दा बढी ध्यान तान्ने विषय बन्ने छ । तर अबको टकराव चीनमा भइरहेको प्रविधिको विकास हो । किनभने यस क्षेत्रमा अमेरिकाको व्यापारिक प्रभुत्व ठुलो चुनौती बन्न सक्छ ।
प्रविधिको विकास चीनका लागि धेरै महत्वपूर्ण हो । चीनले यस क्षेत्रमा भइरहेको विकासबाट निर्यात बढाउन चाहिरहेको छ । उता, अमेरिकाको प्राथमिकतामा प्रविधिको क्षेत्रमा चिनियाँ निर्भरता कम गर्नु रहेको छ । टकरावका कारण यस क्षेत्रमा नयाँ मोर्चा पनि बनेको छ ।
चीनको प्राविधिक क्षेत्रको योजनालाई ‘बेइजिङ इफेक्ट’ भनिएको छ । यस प्रकारको कदम चीनको प्रविधिको संसारमा रणनीतिक नेतृत्व दिन सक्छ ।
युरोपियन युनियनलाई अन्तःशुल्क
चीनको युरोपसँग व्यापारिक टकराव पेचिलो छ । एकअर्का विरुद्ध अन्तःशुल्क लगाइएको छ । उदाहरणका लागि चीनले फ्रेन्च ब्रान्डीका आयातमा शुल्क लगाएको छ । त्यस्तै युरोपियन युनियनले चिनियाँ विद्युतीय गाडीको आयातमा प्रतिबन्ध लगाएको छ । अब चीनको पहुँच त्यस्तो प्रविधिमा भएको छ जो पहिला पश्चिमा राष्ट्रको नियन्त्रणमा थियो ।
रूससँगको गठबन्धन
रूसलाईं अहिले चीनका लागि महत्वपूर्ण राष्ट्रका रूपमा हेरिएकाे छ । रूसको बजार र प्राकृतिक संसाधन चीनका लागि जरुरी छ । जबकि चीन पनि रूसका लागि आर्थिक सहयोगका हिसाबले महत्वपूर्ण देश मानिन्छ ।
यद्यपी रूसँग चीनको सम्बन्धले युरोपीयन देशहरूसँग चीनको सम्बन्धमा नकारात्मक प्रभाव पारिरहेको छ । युक्रेनविरुद्धको युद्धमा चीनले रूसलाई सहयोग गरिरहेको केही देशहरूले दाबी गर्दै आइरहेका छन् ।
ट्रम्पले युक्रेन युद्धका लागि शान्ति योजनाको प्रस्ताव ल्याएका छन् । ट्रम्पको प्रस्ताव सफल भयो भने एकपटक फेरि अमेरिकालाई चीनमाथि ध्यान आकृष्ट गराउन सक्छ । रूस–युक्रेनबीच सम्झता भयो र अमेरिका–रूसबीच सम्बन्धमा सुधार भयो भने, यो चीनका लागि घातक हुनेछ ।
मध्यपूर्वमा संघर्ष
मध्यपूर्वमा बढिरहेको अस्थिरता चीनका लागि अर्को चिन्ताको विषय बनेकाे छ। रूस जस्तै, यो क्षेत्रपनि चीनको लागि संसाधन र बजारको सन्दर्भमा अहम् छ । हालै भएको झुहाई एयर शोमा मध्य–पूर्वका प्रमुख देशहरूले ठुलो संख्यमा चिनियाँ हतियार किन्नका लागि तयार भएका छन् । इरान र इजरायलबीच क्षेत्रीय संघर्षको सम्भावना चीनलाई चिन्ताको विषय बन्न सक्छ । इरान चीनका लागि तेलको प्रमुख स्रोत हो ।
इरान र इजरायलबीच सशस्त्र संघर्ष भयो भने चीनमा तेल आपूर्तिमा ठुलो मात्रमा कमी हुन सक्छ । यसले पनि आगामी दिनमा चीनलाई ठुलो आर्थिक समस्या ल्याउन सक्छ ।
सिरियाको गृहयुद्ध पनि राष्ट्रपति सी जिङपिंङका लागि चिन्ताको विषय बन्न सक्छ । यी घटनाहरूले चीनका लागि वर्ष २०२५ ले अप्ठयारो ल्याउन सक्ने देखिन्छ । तर यी सबकौ मुकाबिला गर्न चीन तयार पनि छ ।
प्रतिक्रिया