नेपालमा १५ अर्बमा सिमेन्ट उद्योग स्थापना गर्दै चिनियाँ कम्पनी, लगानी बोर्डसँग सम्झौता

नेपालमा १५ अर्बमा सिमेन्ट उद्योग स्थापना गर्दै चिनियाँ कम्पनी, लगानी बोर्डसँग सम्झौता


काठमाडौं– चिनियाँ कम्पनी हुवासिनले नेपालमा सिमेन्ट उद्योग स्थापना गर्ने भएको छ।

 

 

 

लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेन्ट नारायणी प्रालिबीच बुधबार सम्झौता भएपछि नेपालमा चिनियाँ कम्पनीको सिमेन्ट उद्योग खुल्ने पक्का भएको हो।

 

 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीकातर्फबाट समुन्द्रपार विकास निर्देशक ल्यू च्याङ्बोले प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर गरेका छन्।

 

 

लगानी बोर्डले उक्त कम्पनी स्थापना गर्नका लागि १५ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए।

 

 

उक्त कारखानाबाट पहिलो चरणमा तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ।

 

 

 

धादिङको पानीखर्कमा चुनढुंगा खानी उत्खनन गर्न अनुमति दिइएको थियो। सम्झौताअनुसार परियोजनाको कूल लागतको ० दशमलव २ प्रतिशत हुन आउने तीन करोड बराबरको रकम नेपाल सरकारलाई बुझाउने लगानी बोर्डले उल्लेख गरेको छ।

 

 

उक्त कम्पनीले नेपाल सरकारलाई ६० करोड रुपैयाँ भुक्तानी गरी खानी प्राप्त गरेको हो। सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको सन्देश गएको बताए।