देउवाले दिल्लीमै चीनको प्रशंसा गरेपछि भारतमा हंगामा

देउवाले दिल्लीमै चीनको प्रशंसा गरेपछि भारतमा हंगामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले उत्तरी छिमेकी मुलक चीनले नेपालको सार्वभौमसत्ताको जहिले सम्मान गरेको बताएका छन् । पाच दिने राजकिय भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री देउवाले चीनबाट नेपाललाई कुनै खतरा नभएको भन्दै उसले जहिले पनि नेपालको सार्वभौमसत्ताको सम्मान गरेको बताएका हुन ।

 

बिजेपीका महासचिव राम माधवले नेतृत्व गरेको  इन्डिया फाउन्डेसनले बिहिवार आयोजना गरेको कार्यक्रममा देउवाले नेपाल–चीन सम्बन्ध सधै असल भएको बताए । उनले चीन सरकारसंग नेपालको सम्बन्ध सुमधुर रहेको भन्दै नेपालले चीनबाट कहिले पनि समस्या भोग्नुनपरेको स्पष्ट पारे ।  

 

इन्डिया फाउन्डेसनले दिल्लीको इम्पेरिकल होटलमा आयोजना गरेको नागरिक सम्मान समारोहमा  भारतीय खाद्यमन्त्री रामविलास पासवानले उत्तरी छिमेकी चीनबाट नेपाल असुरक्षीत हुन सक्ने भनाई सार्वजनिक भएपछि देउवाले त्यसको कडा प्रतिवाद गरेका हुन ।  देउवाले कार्यक्रममा भने “हाम्रो चीन असल छिमेकी मुलुक हो,चीनबाट हामीलाई कुनै समस्या झेल्नुपरेको छैन् । ”

 

 

उनले नेपालको भूमी कुनै पनि छिमेकीको विरुद्धमा प्रयोग हुन नदिने बताएको दिल्लीबाट पत्रकार पर्शुराम काफलेले बताए । प्रधानमन्त्री देउवाको भनाईपछि दिल्लीमा तरंग पैदा भएको छ । प्रधानमन्त्री देउवाबाट उक्त अभिव्यक्ति सार्वजनिक भएपछि परराष्ट्रमन्त्री समेत रहेका उपप्रधानमन्त्री कृष्णबहादुरलाई भारतिय अधिकारीले यसबारेमा गम्भिर चासो राखेका छन् ।