चीन भूकम्प : २४ घण्टामा ५१५ वटा परकम्प

चीन भूकम्प : २४ घण्टामा ५१५ वटा परकम्प


काठमाण्डु-चीनको तिब्बतमा मंगलबार आएको विनाशकारी भूकम्पपछि २४ घण्टामा ५१५ वटा परकम्प महसुस गरिएको छ । स्थानीय समयानुसार बुधबार बिहान ८ बजेसम्म ५१५ वटा परकम्प गएका छन् ।

चीन भूकम्प सञ्जाल केन्द्रलाई उद्धृत गर्दै चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सले परकम्पमा सबैभन्दा ठूलो ४.४ म्याग्निच्युडको रहेको बताएको छ । मंगलबार आएको भूकम्पले कम्तीमा १२६ जनाको मृत्यु भएको छ ।

भूकम्पबाट हजारौँ भवन क्षतिग्रस्त भएको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन् ।

भूकम्पको केन्द्रबिन्दु नेपालसँगको सीमा नजिक, सगरमाथाको उत्तरमा रहेको तिङरी काउन्टीमा थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धार र पुनर्वासको आह्वान गरेका छन् ।

यो सन् २०१४ पछि चीनको सबैभन्दा घातक भूकम्प हो । सन् २०१४ मा आएको भूकम्पमा दक्षिण–पश्चिमी युनान प्रान्तमा छ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो ।