चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प


काठमाण्डु – काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान ६ बजेर ५२ मिनेट जाँदा काठमाडौँ उपत्यकासहितका क्षेत्रमा भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु चीनको तिब्बत स्वायत्त क्षेत्रको झिजाव सहरको एउटा काउन्टी हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ७ म्याग्निच्युडको भूकम्प मापन भएको छ ।

नेपालको संखुवासभा, ताप्लेजुङ, काठमाडौंसहित देशभरि हल्लाएको छ । साथै भारतको सिक्किममा पनि धक्का महसुस भएको छ ।भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।

भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण स‌ंकलनको काम गरिरहेका छन् ।