भारतको रेल पशुपतिसम्म,चिनियां रेल लुम्बिनीसम्म : एमाले नेता ज्ञवाली

भारतको रेल पशुपतिसम्म,चिनियां रेल लुम्बिनीसम्म : एमाले नेता ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अबको तीन हप्ताभित्रै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले अबको सरकारको पहिलो प्राथमिकता नै मुलुकको विकास र राजनीतिक स्थिरता रहने बताएका छन् ।

 

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता ज्ञवालीले सरकार गठन र पार्टी एकता सँगसँगै हुने दाबी गरे । उनले भने,‘सरकार गठन अलिक चाँडै होला तर एकतापनि छिट्टै हुन्छ, यसमा अब कसैले शंका नगरे हुन्छ, हामी छलफलमा जुटिसकेका छौं।’

 

पुर्व मन्त्री समेत रहेका एमाले नेता ज्ञवालीले  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोनवार्तासँगै नेपाल–भारतवीचको अविश्वास हटेको बताए । ‘नेपाल–भारत सम्बन्धमा जुन किसिमको उतारचढाव थियो, त्यो च्याप्टर अब क्लोज भयो, मोदीजीले बधाई दिनुभयो, नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।’ कार्यक्रममा ज्ञवालीले भने ।

 

ज्ञवालीले नेपालले दुवै छिमेकी मित्रराष्ट्र भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर मुलुकको हितमा काम गर्ने समेत बताए ।

 

ज्ञवालीले भने,‘एमालेको नीति नै छ हामी राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर दुवै छिमेक मित्रराष्ट्रबाट लाभ लिन्छौं, चीनको रेल नेपाल ल्याउँदैछौं, केरुङ–काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म रेल आउँछ, त्यस्तै भारतीय द्रुत गतिको रेल वीरगन्ज हुँदै पशुपतिनाथसम्म ल्याउन चाहन्छौं ।’

 

दुवै देशको आर्थिक विकासमा आफूहरु जोडिन तयार रहेको उनको भनाई थियो ।