चीनले आक्रमण गर्ने चेतावनी दिएपछि भारतिय सेना पुग्यो नेपाली सिमामा

चीनले आक्रमण गर्ने चेतावनी दिएपछि भारतिय सेना पुग्यो नेपाली सिमामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– चीन र भारतविच तनाव वढ्दै गएपछि भारतले त्रिदेशिय सिमा क्षेत्र दार्चुलाको कालापानी क्षेत्रमा सैनिक गतिविधि बढाएको छ । भारतिय सेनाले विवादास्पद कालापानीमा पछिल्ला एक सातादेखि सैनिक गतिविधि बढाएको उच्च स्रोतले जानकारी दिएको छ  ।

 

 

चिनिया संचारमाध्यमहरुले विवादास्पद कालापानी र कस्मिरमा चिनिया सैनिकको उपस्थिती भए के हुन्छ भनेर भारतमाथी दबाव बढाइरहेका बेला  कालापानी क्षेत्रमा भारतिय सैनिकको उपस्थिती बढेको हो । भारतको धारचुलामा रहेको गार्खा रेजिमेण्टको ब्यारेकबाट भारतिय सेनाको हेलिकोप्टरबाट दैनिक जसो सेनाका जवानहरु ओसारिरहेको स्रोतको दाबी छ । दार्चुलाबाट पत्रकार नरेन्द्र कार्कीले पनि सो क्षेत्रमा पछिल्ला दिनमा अशोभाविक गतिविधि हुन थालेको जनाएका छन ।

 

यसैबिच भारतिय दैनिक पत्रिका नव भारत टाईम्सका अनुसार डोकलाम विवादपछि भारतले चिनसंग जोडिएका क्षेत्रमा सैनिकको संख्या बढाएको पुष्टि गरेको छ । डोकलाम विवादपछि चिनिया सैनिकको आक्रमक गतिविधिलाई मध्यनजर गर्दै भारतले एक हजार चार सय किलो मिटर लामो चिन भारत सिमा क्षेत्रमा सैनिकको संख्या बढाइएको हो ।

 

सामरिक महत्वको सो क्षेत्रमा सन १९६२ मा चिन र भारतबिच युद्ध भएको थियो । सो युद्धमा भारतले ठूलो क्षती समेत ब्यहोरेको थियो । सो क्षेत्रमा भारतको तर्फबाट भारतिय सेनाका अतिरिक्त ईण्डिया तिब्बत बोर्डर पुलिस आईटीबीपि को पनि ठूलो संख्यामा तैनाथी छ ।