एजेन्सी – सोभियत संघको डर कम गर्नका लागि ७० वर्ष अगाडि २९ सदस्यीय सैन्य गठबन्धन नेटोको स्थापना गरेका थिए । तर हाल आएर भने अर्को सैन्य शक्ति चीन यो संगठनका लागि चिन्ताको विषय भएको छ ।
गठबन्धनको दुई दिने बैठकका लागि मंगलबार राज्य र सरकार प्रमुखहरु भेला भएका छन् । यो भन्दा अघिल्लो बैठकमा पुरानो सत्रु राष्ट्र रुसको विषयले महत्व पाएको थियो । मस्कोले २०१४ मा युक्रेनको क्राइमियालाई आफूमा विलय गराएपछि रुसको विषयले महत्व पाएको हो भने यो भेलाले भू–राजनीतिक सम्बन्ध र उदीयमान चुनौतीलाई केन्द्रीत गरेको छ ।
यद्यपि समूहका कतिपय विज्ञ र नेताहरुले गठबन्धनले चीन जस्तो नयाँ र उदीयमान सैन्य शक्तिलाई केन्द्रीत गर्नुपर्ने बताएका छन् । नेटका महासचिव जेन्स स्टोल्टेनबर्गले पहिलो पटक नेटोको एजेन्डाको रुपमा चीनलाई राख्नु पर्ने बताएका छन् ।
यद्यपि २००२ मा नेटो र रुसबीचको समन्वय र वार्ता सुधार गर्नका लागि गठन गरिएको नेटा–रुस काउन्शील (एनआरसी) जस्तै नेटो–चीन काउन्शीलको गठनबारे भने कुनै योजना नभएको उनले बताए ।
नेटोको आफ्नै अनुमानका अनुसार २०१८ मा चीनको रक्षा बजेट विश्वकै दोस्रो बढी रहेको थियो । मार्चमा चीनले २०१९ को रक्षा खर्च गत वर्षको दाजोमा ७.५ प्रतिशलते उच्च भइै ११ खर्ब ९० अर्ब युआन अर्थात १ खर्ब ७७ अर्ब अमेरिकी डलर पुर्याएको विश्वास गरिएको छ ।
यद्यपि यो अमेरिकाको तुलनामा अभैm ठूलो अन्तरले बढी रहेको छ । २०२० को बजेटमा अमेरिकाले ७ खर्ब १८ अर्ब डलरको बजेट ल्यायने प्रस्ताव कंग्रेससँग गर्ने अपेक्षा गरिएको छ । यो २०१९ को तुलनामा ५ प्रतिशत अर्थात ३३ अर्ब डलरले बढी हो ।
प्रतिक्रिया