इश्लामावाद – पाकिस्तान र चीनले उत्तर अरब सागरमा सैन्य अभ्यास गरिरहेका छन् । यसलाई मध्यनजर गर्दै भारतले अरब सागरमा आफ्नो जंंगी जहाज आईएनएस विक्रमादित्य तैनाथ गरेको छ । यो सैन्य अभ्यासको उद्देश्य पाकिस्तान तथा चिनियाँ सेनाबीचका तालमेललाई राम्रो पार्नु र सामरिक सहयोग बढाउनु रहेको छ ।
यसमा पाकिस्तान तथा चीनको पनडुब्बी, विध्वंसक जलपोत तथा फ्रिगेट युद्धपोतले सहभागित जनाएका छन् । समाचार एजेन्सी पीटीआईले सैन्य सुत्रको हवाला दिँदै भनेको छ,“यो भन्दा पहिले आइएनएस विक्रमादित्यले आफ्नो मिसनमा भएको समयमा सेनाको मुख्यालयका शीर्ष अधिकृत पनि सवार थिए ।” सेप्टेम्बरमा केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंहले आइएनएस विक्रमादित्यमा गन मेसिन चलाएको देखिएका थिए ।
पाकिस्तान तथा चीनले आफ्नो सैन्य अभ्यास सोमबार उत्तर अरब सागरमा सुरु गरेका थिए । यो ९ दिने सैनिक अभ्यास १४ जनवरीसम्म चल्ने छ । पाकिस्तान तथा चीनले या सैन्य अभ्यासलाई सी गार्जियन्स नाम दिएका छन् । पाकिस्तान तथा चीनको यो अभ्यास उक्त समयमा आएको छ, जब जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाएकोे विषयलाई लिएर भारत तथा पाकिस्तानको बीच तनाव बढेको छ । जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाएपछि पाकिस्तानले बिरोध जनाउदै आएको थियो । पाकिस्तानले यो विषयलाई्र संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा उठाउने कोशिश गरेको छ ।
प्रतिक्रिया